Tuesday, August 4, 2015

पहिरोले पुर्दैछ फेवाताल


काठमाडौं, साउन २० भीषण पहिरोले पर्यटकीय नगरी पोखराको मुख्य आकर्षण फेवाताल पुरिँदै जाँदा ठूलो लगानी रहेको पर्यटन व्यवसाय जोखिममा पर्नसक्ने खतरा देखिएको छ । जलाधार क्षेत्रका दर्जनौं स्थानमा गएका पहिरोले बगाएका माटो, ढुंगा, रुख, झारपात, सिनोले पुरिएर तालको अस्तित्व नै संकटमा परेको हो । ताल नै नरहे मुख्य आकर्षण नहुने र व्यवसायमा धक्का पुग्ने भन्दै व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । भदौरतामागी ५ घाँटीछनामा गएको पहिरोले बगाएका पदार्थहरुले ताल पुर्नुका साथै धमिलो बनाएको छ । मुख्य पानीको स्रोत हर्पनखोला आसपासबाट आएको जलकुम्भीले ढाकिएर ताल कुरुप भएको छ । मानिसले नुहाउन, कपडा धुन, प्रयोग गर्ने तालको पानी पूरै हिलाम्मे बनेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

0 comments:

Post a Comment