Tuesday, August 4, 2015

८० देशसँग प्रतिष्पर्धा गर्दै नेपाली बालक


काठमाडौं – सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित विद्यालयका एक छात्रले विश्वभर आफ्नो प्रतिभा देखाउने अवसर प्राप्त गरेका छन् । कम्प्युटर सफ्टवेयरसम्बन्धी एक कार्यक्रममा अमेरिकामा ८० देशमा विद्यार्थीमाझ हुने प्रतियोगितामा भाग लिन पाउने नेपाली विद्यार्थी हुन्, आरम्भ निरौला । माइक्रोसफ्ट पावर प्याइन्ट च्याम्पियनसिपअन्तर्गत कुलेश्वर आवासीय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत आरम्भ निरौला नेपाल च्याम्पियन भएका हुन् । नेपालबाट सो कार्यक्रमअन्तर्गत १३ देखि २२ वर्ष उमेर समूहका ५ हजार विद्यार्थीले सहभागिता जनाएका थिए । निरौलाले सबैभन्दा छोटो समय र कम उमेर समूहमा सो प्रतियोगितामा सर्वोत्कृष्ट भई उपाधि जितेको विद्यालयका प्रधानाध्यापक मेघलाल दुलालले जानकारी दिए, आजको राजधानी दैनिकमा खबर छ ।

0 comments:

Post a Comment