Sunday, August 9, 2015

मुलुक टुक्र्याउने भन्दै बाबुरामलाई पासवानले बिरोधपत्रले हानेपछि...


कहिले संविधानसभाको कुर्सी फालेर त कहिले मर्यादा नाघेर हर्कत गर्दै चर्चामा आउने बहुजन शक्ति पार्टीका सभासद् विसेन्द्र पासवानले आइतबार अर्को चर्तिकला देखाएका छन् ।  शनिबार दलहरूबीच भएको सहमतिको विरोधमा संवैधानिक राजनीतिक सहमति समितिका सभापति डा बाबुराम भट्टराईलाई विरोधपत्र बुझाउन पुगेका सभासद् पासवानल आफूले लगेको पत्रले भट्टराईलाई हानेर बैठकबाट बाहिरिएका हुन् ।  बाहिर निस्केका पासवानले पत्रकारहरूलाई गर्वसाथ सुनाए, –‘मैले असहमतिको पत्र पोको पारेर बाबुरामलाई हिर्काएँ ।’ उनले अगाडी भने ‘उनले किन यस्तो व्यवहार गरेको भने । मैले तिमीलाई मुलुक टुक्राउन पाउने अधिकार कसले दियो भन्ने प्रश्न गर्दै म हिडेँ ।’ पासवानको यस्तो चर्तिकलाबाट अन्य सभासद् तीन छक परेका थिए । सभापति भट्टराईले विचार राख्न पाइन्छ तर अभद्र व्यवहार मान्य हुँदैन भन्दै संयमित हुन पासवानलाई आग्रह गरेका थिए। निकै आक्रोशित मुद्रामा बाहिरिर निस्किएका पासवानले छ प्रदेशका सिमांकन कुनै पनि हिसाबले उपयुक्त र वैज्ञानिक नभएको तर्क गरेका थिए ।

0 comments:

Post a Comment