काठमाडौं, साउन २४ – नेपाली राजनीति तथा समसामयीक सामाजिक विषयवस्तुलाई आधार मान्दै एनिमेशन प्रविधिको प्रयोग गरेर व्यंग्यात्मक एनिमेटेड श्रृंखला भा’कै कुरो को शुभारम्भ गरिएको छ । जहाँ नेपाली राजनीतिमा हुने विकृति र विसंगतिमाथी प्रहार गर्दै स्वस्थ मनोरञ्जन प्रस्तुत गरिनेछ । आर्कोआइरिस नामक नेपाली स्टूडियोले निर्माण गरेको यो श्रृंखला हालका लागि सोसियल साइटहरुबाट रिलिज गरिएको छ भने छिटै आफ्नै वेबसाईटमा पनि राखिने योजना छ । यसप्रकारको श्रृंखला नेपालमा पहिलोपटक गरिन थालेको हो ।
विगत केहि वर्षदेखि टेलिभिजन विज्ञापन तथा डकुमेन्ट्रीहरुमा सिर्जना तथा उत्पादनको काम गर्दै आईरहेको आर्काेआईरिसको काम एनसेल सापटी विज्ञापनले, गतवर्ष कृती बेष्ट एनिमेटेड टिभीसी अवार्ड समेत जितेको थियो ।
हेर्नुस भिडियो
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
0 comments:
Post a Comment