यी दुई क्षेत्रमा सबैभन्दा बढी आर्थिक कृयाकलाप हुन्छ । जहाँ बढी आर्थिक कृयाकलाप हुन्छ, त्यहाँ बढी रोजगारीका अवसरहरु सिर्जना हुन्छन् । रोजगारी सि र्जना हुनेवित्तिकै दक्ष अदक्ष जनशक्तिको आकर्षण पनि यही क्षेत्रमा हुने गर्छ । आजको दिनमा मात्र होइन, भोलिको दिनमा पनि २ र ३ नम्बर क्षेत्रमा बढी आर्थिक गतिविधि हुनेछन् । जहाँ आर्थिक गतिविधी बढी हुन्छ, त्यहाँको अर्थतन्त्रले फड्को मार्ने आधार बनाएको हुन्छ । मेरो विचारमा २ र ३ पछि सबैभन्दा बढी आर्थिक कृयाकलाप हुनेमा ५ नम्बर प्रदेश पर्छ । ४ र ६ नम्बर क्षेत्रमा २, ३ र ५ नम्बर क्षेत्रको तुलनामा कम आर्थिक कृयाकलाप हुन्छ । आर्थिक कृयाकलापको हिसावले १ नम्बर क्षेत्र पनि अब्बल देखिएको छ । झापा, मोरङ र सुनसरीमा धेरै आर्थिक गतिविधि हुने गर्छ । यस क्षेत्रको पहाडी इलाका अलैंचीलगायतका नगदे बालीका लागि प्रशिद्ध छ । विश्वको सर्वोच्च शिखर सगरमाथा यही क्षेत्रमा पर्ने हुँदा पर्यटकीय हिसावले पनि यो क्षेत्र अगाडि देखिएको छ । अन्य ठूला हिमालहरु पनि यही क्षेत्रमा छन् ।
0 comments:
Post a Comment