Sunday, August 9, 2015

नेपाली कामदारले छुरा प्रहार गर्दा युएईमा अर्का नेपालीको मृत्यु


काठमाडौं, साउन २४ – वैदेशिक रोजगारीका लागि युएई र मलेसिया गएका नवलपरासीका दुई जनाको ज्यान गएको छ । देबचुली–१ का रामबाहादुर लामाकोसँगै काम गर्ने नेपाली कामदारको छुरा प्रहारबाट ज्यान गएको हो ।
हत्यामा संलग्न ६ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । त्यस्तै मलेसिया गएका अमरापुरी–१ का सन्तोष गुरुङको ज्यान गएको छ । गुरुङको सुतेकै ठाउँमा ज्यान गएको आफन्तले जनाएका छन् ।
लामा र गुरुङको शव नेपाल ल्याउन पहल गरिरहेको सुरक्षित आप्रवाशन सूचना तथा परामर्श केन्द्र कावासोतीले जनाएको छ ।

0 comments:

Post a Comment