Sunday, August 9, 2015

एटिएममार्फत अनधिकृत रुपमा रकम निकाल्ने दुई भारतीय पक्राउ


काठमाडौं, श्रावण २४ । एटिएम बुथहरु तथा इन्टरनेट अनलाइन बैंकिङका माध्यमबाट अनधिकृत रुपमा रकम निकालेको अभियोगमा दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको बिहार, पुर्वी चम्पारण मोतिहारी जिल्ला, आदापुर थाना, भवानी ग्रामपन्चायत घर भई हाल बीरगंज उपमहानगरपालिका–१ छपकैया बस्ने ३० बर्षीय भुषण पाण्डे र भारतकै बिहार पुर्वी चम्पारण, मोतिहारी जिल्ला दारपा थाना, पुरैनिया ग्रामपन्चायत घर भएका २२ बर्षीय दिलिप कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरीले बीरगंजबाट पक्राउ गरेको हो ।
नबिल बैंकका केही ग्राहकहरुको बैंक खाताबाट उनीहरुले पोखरा तथा बीरगंजका विभिन्न स्थानहरुमा ग्राहकहरुलाई झुक्याई एटिएम कार्डको सूचना प्राप्त गरी बुथ नजिक गई एकजना ब्यक्तिले कार्डको पिन कोर्डबारे सूचना लिने र अर्को ब्यक्तिले बुथ भित्र प्रवेश गरी एटिएम कार्ड प्रयोग गर्न नजानेको बहाना बनाई सक्कली सेवाग्राहीको सुचना गोप्य रुपले प्राप्त गरी अनधिकृत रुपमा प्रयोग गरी बिभिन्न बुथहरुबाट पटक­पटक गरी रकम झिकेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

0 comments:

Post a Comment