Sunday, August 9, 2015

विहे गरेर आउने विदेशी महिला पुरुषलाई नागरिकतामा समानता


काठमाडौँ,साउन २४   
नागरिकताको प्रावधानमा फेरि संसोधन
विदेशी नागरिकलाई वैवाहिक अंगीकृत नागरिकता दिँदा विभेद नगर्ने गरि संविधानको मस्यौदामा फेरि संसोधन भएको छ। 
 
केही बेर अघि सम्पन्न शिर्ष नेताहरुको वैठकले नेपाली नागरिकसंग विहे गरेर आउने महिला र पुरुषबीचको विभेद हटाउने व्यवस्था गरेको छ।
 
हिजो राती भएको सहमतिले नेपाली पुरुषसंग विहे गरेर आउने विदेशी महिलाले चाहेमा कानुन बमोजिम अंगीकृत नागरिकता दिने व्यवस्था गरेको थियो। तर, नेपाली महिला नागरिक संग विहे गरेर आउने विदेशी पुरुषका बारेमा उल्लेखै थिएन। (पढ्नुस सेतोपाटीको रिपोर्ट)
 
एमाओवादी नेता नारायण काजी श्रेष्ठले शीर्ष नेताहरुको वैठकमा विवहा गरेर आउने महिला र पुरुषलाई दिइने अंगीकृत नागरिकताको भेदभाव  हटाउन प्रस्ताव गरेका थिए।
 
शीर्ष नेता पनि सहमत भएर  एउटै व्यवस्था गर्न भनेपछि संविधानसभामा पेश हुनु अघि नै मस्यौदा संसोधन गर्न लागिएको एमाओवादी नेता  श्रेष्ठले सेतोपाटीलाई बताए। 
 
हिजो भएको सहमति अनुसारको मस्यौदा संसोधनले  धारा १२ मा अंगीकृत नागरिकताको व्यवस्था गगरेको थियो। धारा १२ को  उपधारा १मा उल्लेख थियो- नेपाली नागरिकसंग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा प्रचलित कानुन बमोजिम अंगीकृत नेपाली नागरिकता दिइने छ।
 
आज शीर्ष नेताको बैठकले दिएको निर्देशन पछि मस्यौदामा यसरी संसोधन गरिएको छ-  धारा १२ को (१) नेपाली नागरिकसंग वैवाहिक सम्बन्ध कायम गरेका विदेशी नागरिकले चाहेमा प्रचलित कानुन बमोजिम अंगीकृत नेपाली नागरिकता दिइने छ।
 
विहे गरेर आएका विदेशीलाई अ‌ंगीकृत नागरिकता  प्राप्त गर्न कस्तो शर्त पुरा गर्नु पर्ने भन्ने व्यवस्था कानुनले तोके आनुसार हुनेछ। कानुन व्यवस्थापिका संसदले भने बनाउने छ। 
 
नागरिकता दिदाँ बाबु र आमा दुवै चाहिने व्यवस्था भने अझै कायम छ।

0 comments:

Post a Comment