साउदी अरब । एमाले निकट प्रवासी नेपाली मञ्च साउदी अरबको अध्यक्षमा बालाराम गिरी निर्वाचित भएका छन् । साउदी अरबको राजधानी रियादमाशुक्रबार सम्पन्न भएको प्रथम अधिवेेशनले गिरीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
मञ्चको प्रथम उपाध्यक्षमा परशुराम मिश्र, उपाध्यक्षमा राजेन्द्र खत्री र बिराज कार्की निर्बाचित भएका छन् । अबिधेशनले महासचिवमा राजु खनाल, सचिबमा अमर श्रेष्ठ र ऋषिराम भट्टराई, कोषाध्यक्षमा छोटु थापामगर चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमादलबहादुर बिक, ओमकार डाँगी, युवराज राजबंशी, दीपेन्ऽ राना, श्रीराम कुँवर बसन्त राई, अच्युत बोगटी पेमा टासी रहेका छन् ।
यसअघि मञ्चको अधिवेशन उद्घाटन गर्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा बिदेश बिभाग सह इन्र्चाज बृन्दा पाण्डेले प्रबासमा रहेका नेपाली कामदारहरुको समस्या समाधानका लागि साउदीमा क्रियाशील सबै नेपालीसंघ संस्थाहरु एक भएर लाग्नु पर्नेमा जोड दिइन् ।
कार्यक्रममा साउदीका लागि नेपाली राजदुत उदयराज पाण्डे, अखिल नेपाल महिला संघकी केन्ऽीय सदस्य कल्पना रिजाल, नेपाली जनसम्र्पक समितिका अध्यक्ष चोलाप्रसाद पाठक, पारस काˆले, दीपक रेग्मी, माधव सिवर, सुनिलकुमार गुप्ता, बैजनाथ चौधरी लगायतले बोल्दै प्रबासमा रहेका नेपाली कामदारहरुको समस्या समाधानका लागि साउदीमा क्रियाशील सबै नेपाली संघ संस्थाहरु एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
आयोजक समितिका संयोजक गिरीको अध्यक्षतामा भएको कार्यक्रममा रुऽ कार्कीले स्वागत तथा बिमल गौतमले सञ्चालन गरेका थिए ।
0 comments:
Post a Comment