Tuesday, August 4, 2015

फोनमा अपरिचित युवती नजिकिएपछि ..



चिनेको जस्तैगरी फोनमा कुराकानी हुन थालेपछि उनीहरुबीच भेटघाट बाक्लिदै गयो। फोनबाट चिनजान भएको झन्डै २ सातापछि ती युवतीले खड्कालाई आफूसँग सुन भएको बताउँदै तोलाको २५ हजारमा किन्न प्रस्ताव गरिन्। सस्तो पाएको भन्दै खड्काले ५ लाख ५० हजार युवतीलाई दिई सुन किने।

घरका आफन्त र छिमेकीलाई देखाउँदा त्यो सुन होइन भनेपछि उनले नजिकैको सुन पसलमा गएर जाँच गरे। सुन पसलले त्यो सुन नभई पहेँलो धातु भएको बताएपछि खड्का तीन छक परे। खड्काले आफू ठगिएको पाएपछि महानगरीय प्रहरी अपराध अनुसन्धानमा उजुरी दिए।

नभन्दै प्रहरीले ती युवती र एक पुरुषलाई पक्राउ गर्‍यो। जिल्ला काभ्रेपलान्चोक कानपुर ६ घर भई घट्टेकुलो बस्ने बर्ष २९ की अन्जना तामाङ भन्ने लक्ष्मी लामा र ताप्लेजुङ्ग फाकुम्बा ६ घर भई हाल घट्टेकुलो बस्ने बर्ष ४२ को कर्णध्वज लिम्बु पक्राउ परेका हुन्। दुवै जनालाई जमलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट स्कुटर पनि बरामद गरेको छ। लक्ष्मी लामाले ठगी गरेको रकम एपेक्स विकाश बैंकमा खाता खोली राखेको प्रहरीले जनाएको छ। दुबैजनालाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ।

0 comments:

Post a Comment