आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा घटाएको छ। नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएपछि अागामी शुक्रबारबाट लागू हुने गरी हवाइ भाडा घटाइएको हो।
आयल निगमले हवाइ इन्धनमा प्रतिलिटर १५ रुपैयाँ घटाएर १ सय १८ रुपैयाँ प्रतिलिटर कायम गरेको छ।
स्थानका आधारमा कति मूल्य घट्यो भन्ने विवरण निम्नानुसार रहेको छः
गन्तव्य घटेको मूल्य
काठमाडौँ–विराटनगर ३ सय ४६ रुपैयाँ ८८ पैसा
काठमाडौँ– भद्रपुर ४ सय १२ रुपैयाँ ५० पैसा
काठमाडौँ– भरतपुर १ सय ९६ रुपैयाँ ८८ पैसा
काठमाडौँ–पोखरा २ सय ५३ रुपैयाँ १३ पैसा
काठमाडौँ–धनगढी ५ सय ८१ रुपैयाँ २५ पैसा
काठमाडौँ–भैरहवा ३ सय ९ रुपैयाँ ३८ पैसा
विराटनगर– तुम्लिङटार १ सय ८७ रुपैयाँ ५० पैसा
काठमाडौँ– तुम्लिङटार ३ सय ९ रुपैयाँ ३८ पैसा
काठमाडौँ– सिमरा १ सय ६८ रुपैयाँ ७५ पैसा
काठमाडौँ– जनकपुर २ सय २५ रुपैयाँ
0 comments:
Post a Comment