Friday, August 7, 2015

बजार बीचको सडक मै रोपाइँ


ताप्लेजुङ, साउन २२ – अगाडि बाउसे, पछि रोपारहरु धान रोपिरहेका थिए । हिलो सम्याउन सजिलो तरिका अपनाइएको थियो । जिपको पछाडी तीन टायर झुण्ड्याइएको थियो । बिस्तारै जिप अगाडि गुडेर जान्थ्यो पछाडी झुण्ड्याइएका टायरमा चडेर एक जनाले हिलो सम्याँउदै थिए । दायाँ बायाँ ठुल्ठुला घर बीचमा भएको हिलाम्मे ठाउँ रोपाइँ गर्न उपयुक्त थियो । रोपाइँ गर्ने मानिस धेरै थिए ।  भीडमा कोही भन्दै थिए यो ठिक गरे सबै मिलेर यहाँ रोपाइँ गर्नै पर्दैनथ्यो । निकै मेहनताका साथ गरिएको यो रोपाइँ खेतमा भने गरिएको थिएन । ताप्लेजुङका बासिन्दाले हिलाम्मे सडक छिटो बनाउन दबाब दिनका लागि गरेको व्यंग्यात्मक रोपाइँ थियो यो । ताप्लेजुङ सदरमुकामको मुख्य बजार भित्र पर्ने झण्डै एक कलोमिटर सडक पानी परेपछि हिलाम्मे हुने र घाम लागेपछि धुलोले बजारलाई नै ढाक्ने भएपछि स्थानीय बासिन्दाले बिग्रेको सडक बनाउन दबाब दिने उद्देश्यले शुक्रबार बाटोमा नै रोपाइँ गरेका हुन् । बीच बजारको झण्डै एक किलोमिटर सडक बिग्रिएको धेरै भएपनि मर्मतको काम नहुँदा दबाब दिन स्थानीय बासिन्दाले पानीले हिलाम्मे बने सडकमा रोपाइँ गरेका हुन् ।

 पटक पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराएपनि अहिलेसम्म सडक स्तरोन्ती नभएकाले आन्दोलनमा उत्रनु परेको स्थानीय बासिन्दाले बताएका छन् । कालोपत्रे भएको दुई वर्ष नुहुँदै सडक बिग्रिएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् । दुई वर्ष अघि अहिलेका नुवाकोटबाट निर्वाचित सभासद तथा हिमडुङ थोकरका ठेकेदार बहादुर सिंह लामाले ताप्लेजुङ सदरमुकाम लगायत सुकेटारसम्मको सडक कालोपत्रेको ठेक्का लिएका थिए । सभादस समेत रहेका लामाले ठेक्का लिएर गरेको कालोपत्रे जति सबै भत्किएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । सदरमुकाम भित्रका मुख्य सडक नै जिर्ण तथा हिलाम्मे भएपछि यसको पुनर्निमार्ण तथा मर्मत नहुन्जेलसम्मका लागि जिल्ला बासिन्दाले बिमल भण्डारीको संयोजकत्वमा बिरोध समिति नै बनाएका छन्

0 comments:

Post a Comment