Saturday, August 8, 2015

कुन जिल्ला कुन प्रदेशमा पर्यो , हेर्नुस बिष्तृतमा


काठमाडौं, साउन २३ – प्रमुख चार दलका शीर्ष नेताले ६ प्रदेशको सीमांकनमा टुंगो लगाएका छन् । शनिबार बिहानैदेखि छलफलमा जुटेका शीर्ष नेता सहितको संवैधानिक राजनीतिक संवाद तथा सहमती समिति अन्तर्गतको विशेष समितिको बैठकमा तराईमा २ प्रदेश र पहाडमा ४ प्रदेश बनाउने गरी सहमति जुटाएका हुन् । यस्तै कैलाली र कन्चनपुरलाई नछुट्याउने तथा झापा, मोरङ र सुनसरीलाई पनि पहाडी जिल्लासँग जोडेर एकै प्रदेशमा राख्ने गरी सहमति जुटेको हो । प्रदेशको नामांकन भने भएको छैन । दलहरुबीच अनौपचारी रुपमा कुन जिल्ला कुन प्रदेशमा राख्ने भनेर पनि सहमति भएको छ । कुन जिल्ला कुन प्रदेशमा परे त ? प्रदेश १ : मेची र कोशी अञ्चलका सबै जिल्ला मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ कोशी अञ्चलका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र भोजपुर सगरमाथा अञ्चलका सोलुखुम्बु, उदयपुर, ओखलढ्ंगा र खोटाङ प्रदेश २ : बागमती अञ्चलका सबै जिल्ला, नारायणी अञ्चलको मकवानपुर र चितवन तथा जनकपुर अञ्चलको सिन्धुली, दोलखा र रामेछाप बाग्मती अञ्चल : भक्तपुर, धादिङ, काठमाण्डू, काभ्रे, ललितपुर, नुवाकोट, रसुवा सिन्धुपाल्चोक प्रदेश ३ : पर्सादेखि सप्तरीसम्मका तराईका ८ जिल्ला पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही प्रदेश ४ : राप्ती अञ्चलका सबै जिल्ला, लुम्बिनी अञ्चलका सबै जिल्ला र नवलपरासीको दाउन्नेदेखि पश्चिमको भाग लुम्बिनी अञ्चल : कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, गुल्मी र पाल्पा राप्ती अञ्चल : दाङ, प्युठान, रोल्पा, रुकुम र सल्यान प्रदेश ५ : गण्डकी र धवलागिरी अञ्चलका सबै जिल्ला र नवलपरासीको दाउन्नेदेखिको पूर्वी भाग गण्डकी अञ्चल : गोरखा, कास्की, लमजुङ, स्याङ्जा, तनहुँ र मनाङ धवलागिरी अञ्चल : बाग्लुङ, म्याग्दी, पर्वत र मुस्ताङ प्रदेश ६ : सेती, महाकाली र कर्णाली अञ्चलका सबै जिल्ला, भेरीको सुर्खेत जाजरकोट र दैलेख कर्णाली अञ्चल : डोल्पा, हुम्ला, जुम्ला, कालीकोट र मुगु सेती अञ्चल : कैलाली, अछाम, डोटी, बझाङ र बाजुरा महाकाली अञ्चल : कन्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला

0 comments:

Post a Comment