Saturday, August 8, 2015

टाउको र खुट्टा काटेपछि कसरी हस्ताक्षर गरौं भन्दै गच्छदार निस्किए


२३ साउन, काठमाडौं । प्रमुख चार दलका शीर्ष नेताहरुको बैठकमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार बाहिरिएका छन् । उनले अहिले सिंहदरवारमै पार्टीका थारु सभासदहरुसँग छुट्टै छलफल गरिरहेका छन् । तीन दलका शीर्ष नेताहरुले भने उनलाई पर्खिरहेका छन् ।
स्रोतका अनुसार उनले कांग्रेस, एमाले र एमाओवादीले तयार पारेको ६ प्रदेशको सहमतिको प्रस्तावमा हस्ताक्षर नगर्ने चेतावनी दिएका छन् । गच्छदारले भने-‘माथि टाउको काटियो । तल खुट्टा काटियो । यस्तोमा म कसरी हस्ताक्षर गरौं ।’ गच्छदारले कैलाली कञ्चनपुरलाई टाउको र झापा, मोरङ र सुनसरीलाई खुट्टाको संज्ञा दिएका हुन् । स्रोतका अनुसार तीन दलबीच कैलाली कञ्चनपुर सुदूरपश्चिम र झापा, मोरङ र सुनसरीलाई पूर्वी पहाडमा बन्ने प्रदेशमा राख्ने तयारी गरेका छन्

0 comments:

Post a Comment