Thursday, August 6, 2015

सलमान र अमिताभको सम्पती ३३.७ बिलियन डलर


विश्वकै १० सबैभन्दा बढि कमाउने सेलिब्रेटीको सूचिमा बलिउड अभिनेताद्वय सलमान खान, अमिताभ बच्चन र अक्षय कुमार पर्न सफल भएका छन् । हलिउड र बलीउडमै सबैभन्दा बढि कमाउने १० जना मध्य बलीउडबाट ७ औँ स्थानमा सलमान खान र अमिताभ बच्चन परेका छन् भने अक्षय कुमार ९ औँ स्थानमा परेका छन् । फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको लिस्टमा सलमान खान र अमिताभले एक वर्षमा ३३.७ विलियन डलर बराबरको पारिश्रमिक पाउने अभिनेताको रुपमा सूचिकृत भएका छन् भने अर्का अभिनेता अक्षय कुमार एक वर्षमा ३२.५ मिलियन डलर कमाउदै अभिनेता बन्दै ९ औँ स्थानमा परेका छन् । साथै यि तिन अभिनेताले हलिउडका लियोनार्दो डिकाप्रियो, जोनी डीप र ब्राड पिटलार्य समेत टपटेनबाट हटाएका छन् ।



त्यस्तै बलीउडका सुपरस्टार शाहरुख खान भने १८ औँ स्थानमा पुगेका छन् । त्यस्तैं रणबीर कपूर ३० औँ स्थानमा परेका छन् भने विश्वकै सबैभन्दा बढि कमाउने अभिनेतामा रोबर्ट डाउने जुनियर, ज्याकी च्यान र भिन डिजेल क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।

0 comments:

Post a Comment