
काठमाडौं, श्रावण १८ । प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधान सबै नेपालीको साझा हुने भएकाले संविधान निर्माण प्रक्रियाप्रति शंका नगर्न आग्रह गरेका छन् । आफ्नै सरकारी निवास बालुवाटारमा सोमबार ३३ दलीय राष्ट्रिय मोर्चाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले सबै जातजाति, धर्म र भाषाभाषीको साझा संविधान जारी हुने विश्वास व्यक्त गरेका हुन् । नेपाली भूमिमाथिको हुने हस्तक्षेत्र स्वीकार्य नहुने पनि स्पष्ट पार्नुभयो पारे । मोर्चाले बुझाएको ज्ञापनपत्रमा नेपालको क्षेत्रफल घट्ने गरी जारी हुने संविधान आफूहरुलाई मान्य नहुने चेतावनी दिइएको छ । यस्तै, मोर्चाले राजनीतिक परिवर्तनमा नेपाली जनताको मर्म र भावनाको प्रतिनिधित्व हुन नसकेको भन्दै सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा गर्न माग गरेको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment