
राजेश जी, म तपाइँको अभिनयको ठूलो फ्यान हैन । किनकि तपाईलाई अभिनय गर्न आउदैन । तर म तपाइको ब्याक्तित्व र बौदिकताको ठूलो प्रसंशक थिए । म भर्खर पत्रकारितामा लागेको थिएँ । र पहिलो मोशन पिक्चर अवार्ड्मा तपाइँ मात्र यस्तो कलाकार हुनुहुन्थ्यो जो अग्रेजीमा भाषण गरेर नेपाली दर्शक र बिदेशी अतिथिका माझ आफ्नो स्टारडम स्थापित गर्न सफल हुनु भएको थियो । त्यस पछि मैले तपाईं जस्तो बौदिक कलाकारको कारण फिल्म उद्योगलाइ फाइदा हुन्छ भन्ने कुरा धेरै पटक मिडियामा उजागर गरें, तपाईंको अन्तर्वाताहरु पनि प्रस्तुत गरे ।
अभिनय भन्दा पनि मिथुन चक्रवर्तीको नेपाली भर्शनको रुपमा तपाईंलाइ दर्शकहरुले यति रुचाएकी तपाईं इतिहासकै सबैभन्दा सफल र चर्चित नेपाली नायक बन्न सफल हुनु भयो । आज एउटा प्रायोजीत न्युजमा तपाईलाई देखें । साह्ै दुख लाग्यो । राजेश हमालजी, तपाईं पनि नराम्ररी फस्नु भएको रहेछ जस्तो लागेको छ । दिपक डोमको प्रोपोगाण्डामा तपाईं बिक्नु भयो जस्तो लागेको छ ? हो, दिपकको भन्दा डर लाग्दो छुवाछुतको समस्या हाम्रो समाजमा छ । यसको सिकार धेरै दिपकहरु हुनु परेको छ । यो अपराध हो, यस्को अन्त्य हुनु पर्छ । तर जुन रुपमा तपाइले अतिरञ्जित गर्नु भयो त्यस्को पनि छुट्टै रहस्य हुन सक्छ जस्तो लागेको छ ।
२५ बर्षको करियरमा तपाइले छुवाछुत अनुभुत गर्नु भएन भनेर म मान्दिन र तपाईंले छुवाछूतको बिषयमा बनेको कति चलचित्रमा अभिनय पनि गर्नु भएको छ । यो बिषयमा आवाज उठाउनु पर्छ भन्ने कुरा तपाईलाई कहिले सुझेन । आज मुलुक धर्म निरपेक्ष वा धार्मिक स्वतन्त्रता सहितको हिन्दु राज्य हुने भन्ने मुद्दामा अल्झिएको बेला अतिरञ्जित ढङ्ले यो कुरा बाहिर ल्याउनु भयो यसलाई प्रायोजित हैन र तपाई पनि प्रयोग हुनु भएन भन्ने कुनै आधार छैन ।
यहाँ करोडौं खर्चेर धर्मनिरपेक्षता लादिदै छ । अर्को अर्थमा भन्नूपर्दा इशाइकरणलाइ कानुनिकरण गरिने प्रयाश हुदैछ । लोभ, लालच प्रलोभनमा । नेता देखि सेलेब्रीटी र समाजमा प्रभाव भएका तपाईं जस्ता ब्यक्तित्वहरुलाइ आर्थिक मोहमा फसाएर यसको लागि क्यम्पेनिङ गरिदै छ । त्यसैले तपाइँ पनि त्यसैमा बिक्नु भयो भन्ने शंका उब्जिएको हो । हो, उमेरको साथै नया शैलीका स्टारको आगमनले फिल्म उद्योगमा तपाईंको प्रभाव शुन्य भएको छ । स्टारडमलाइ कायम राख्न नियमित आयआर्जन पनि चहियो । अब फिल्म बाट त्यो सम्भव छैन । समाजले आफ्नो फाइदाको लागि जन्माएको कुरितिलाइ हिन्दु धर्मसँग जोडि अहिले यो धर्म बदनाम गरे राम्रो आयआर्जन हुने अवस्थामा तपाई कतै–यतै तिर लागेको हो कि भन्ने भान भएको छ ।
अनि नेपाली हुनुमा लज्जित छु भनेर पनि भन्नू भएछ । अब के गर्नु हुन्छ ? अरु कुनै देशको नागरिकता लिनु हुन्छ या यो देश छोड्नु हुन्छ ? तपाईलाई राजेश हमाल बनाउने नेपाली नै हुन, नेपाल नै हो । वास्तवमा एउटा घटनालाई लिएर यति ठूलो कुरा गर्दा तपाईंलाइ तपाईं बनाउने दर्शकहरुलाई कति आघात पुग्यो होला, महशुश गर्नु भएको छ । हुन त तपाई समाजिक मुल्य मान्यता नमान्ने अलिकती कुसंस्कारी पनि हो । खोलाको किनारमा आपत्ती जनक अवस्थामा पक्राउ पर्दा भाग्यरेखाबाट तपाईंलाई निकालिएको थियो भने कामनाले तपाईंको नाङ्गो तस्विर छापेको थियो । बुवाको मृत्युमा कपाल नकाटेकोले पनि तपाईं उनीहरुले टार्गेट गरेको र तपाईं प्रलोभनमा पर्नु भएको भन्ने विश्वास लागेको छ । म आशा गर्छु मेरो यो विश्वास गलत साबित होस ।
राजेशजी, मलाइ लाग्छ, तपाईले लज्जाबोध भयो भन्दैमा यो कलंक भोली नै अन्त्य हुँदैन । अनि सामाजिक कुरिती र कुसंस्कारलाई लिएर धर्म बिशेषको आलोचना गर्नु हुन्छ भने त्यो मुख्र्याईं हुन्छ । हो, छुवाछुत र बर्णब्यबस्था हाम्रो समाजको कलंक हो । त्यस्को अन्त्य गर्न आत्मालाई साक्षी राखेर भनौ हामी बाट के पहल भयो त ? प्रायोजित न्युजलाई आधार बनाएर सामजिक सञ्जालहरुमा कुर्लन सजिलो छ । तर तिनीहरु बाटै माखो मार्ने काम भएको छैन । यस्ता कुरितिको अन्त्य रातारात हँदैन । कम्तीमा पनि एउटा पुस्ताको विसर्जन हुनु पर्छ । दुनिया यहाँसम्म हिजोको–आजै आइपुगेको हैन । विभिन्न कालखन्डहरु पार गर्दै आएको हो ।
मेरी छोरीलाई केही दशक अगाडीसम्म गोरेहरुले कालाहरुलाई जनावरको श्रेणिमा राख्थे, पशुलाई जस्तो बाधेर राख्थे भन्दा “बाबा त्यस्तो नि हुन्छ र ? म सँगै पढ्ने इमान्युल (काला जातिको बालक) म जस्तै हैन र भन्छे”। म छुवाछुत मान्दिन । तर मेरी ७५ बर्षिय आमामा छुवाछुतको धङधङी छ । म डाँडा माथिकी जुन भैसक्नु भएकी मेरी आमाको मन पनि दुखाउन सक्दिन र उहाँको अगाडी कथित छुवाछूत मानेको जस्तो पनि गर्छु । जबकी मेरो छोराछोरीलाई छुवाछुत जस्तो कुरा exist गर्छ भन्ने कुरा थहा हुन दिएको छैन र दिन्न । हामी सबैले यति कुरा मात्र ब्यबहारमा लागू गर्न र अरुलाइ लागू गराउन सक्यौ भने केही बर्ष भित्र यो छुवाछूत अन्त्य हुन्छ । किनकी छुवाछुत मान्ने एउटा कट्टर पुस्ता लोप हुने चरणमा छ ।
हामी सबैले आफ्नो ठाउँ बाट पहल गरयौ भने भोलिका सन्ततिले छुवाछुत पनि exist गर्थो र भनेर अचम्म मान्ने हुन सक्छ । मानिसमा चेतना जगाउनु पर्यो, सम्झाउनु पर्यो । यतिकै कुर्ले, डलर पचाउने बाहेक कुनै काम हुदैन । र छुवाछुतलाई धर्म सँग जोड्नेहरुलाई सोध्न चाहान्छु, कुन हिन्दु ग्रन्थमा छुवाछुतलाई बढवा दिएको छ ? संसारमा कुनै धर्म नराम्रा छैनन् । सबैले जीवन दर्शन, मानवियता, सेवा सहयोग र शान्तिनै सिकएका छन । त्यसैले कुरिती र कुसस्कारको बिरुद्ध लडौ । हातमा हात मिलाएर काँधमा काँध मिलाएर । कुरिति र कुसंस्कारलाई जोडेर धर्मको आलोचाना गर्नु रक्तपात निम्ताउनु हो । र पश्चिमाहरुले हाम्रो देशमा प्रभाव जमाउन चाहेको पनि यहि हो ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment