Sunday, August 2, 2015

‘हाम्रो खुशी खाेसेर के पाउँछौ ?


म एक दृष्टीविहीन हुँ । म अहिले महिला सिप विकास संस्था पोखरामा काम गर्छु । संस्थामा सप सिकेर काम गर्न थालेपछि मैले दृष्टीविहीन भएकोमा कहिल्यै दुखी हुनुपरेको छैन । म आफैं आत्मनिर्भर भएकी छु । मेरो गुजारा यसैबाट चलेको छ’ फुलकुमारी लिम्बुले भनिन् ‘मैले जानेको यही काम गर्ने ठाउँ पनि पाईन भने म कसरी जीवनयापन गरुँ । हाम्रो खुशी खासेर के पाउँछौ ?’ जिल्ला विकास समिति कास्कीले सिर्जनाचोकमा रहेको महिला सिप विकास संस्था पोखराको जग्गा हटाउन आदेश दिँदै भत्काउन सुरु गरेपछि फुलकुमारी जस्तै धेरै महिलाले विलौना गरे । फुलकुमारीको पाँच बर्षदेखि त्यही सिप सिकेर गुजारा चल्दै आएको छ । उनीजस्ता दृष्टीविहीन मात्रै त्यहाँ १५ जनाले गुजारा चलाएका छन् । जम्माजम्मी ४ सय बढीले त्यहाँ अहिले रोजगारी पाईरहेका छन् । ‘हामीले सिप सिकेर आफु आत्मनिर्भर मात्रै भएका छैनौं परिवार र समाजमा रहेका गरिव असहाय महिलाहरुलाई सिप पनि सिकाउँदै आएका छौं’ संस्थाबाट सिप सिकेर लामो समयदेखि गुजारा चलाउँदै आएकी सिता थापाले भनिन् ‘संस्थालाई अहिले अर्को ठाउँमा सार्नका लागि लाग्ने समय दिएर महिलाहरुको रोजीरोटी नखोस्न जिविसले सहयोग गर्नुपर्छ । हामी अब यहाँबाट उठेर कहाँ जाने ?’ जिविसले संरचना भत्काउन सुरु गरेपनि उनीहरुलाई रोजीरोटी नै खोजिने चिन्ताले सताउन थालेको हो । अर्को विकल्प नहुँदासम्म नहटाउन आग्रह गर्दै आइतबार संस्थाले पत्रकार सम्मेलन गरी महिलाहरुको गुजारा चलाउने बाटो नभत्काउन जिविस कास्कीलाई आग्रह गरेका छन् । ‘हामीले सिप सिकेर आफु आत्मनिर्भर मात्रै भएका छैनौं परिवार र समाजमा रहेका गरिव असहाय महिलाहरुलाई सिप पनि सिकाउँदै आएका छौं’ संस्थाबाट सिप सिकेर लामो समयदेखि गुजारा चलाउँदै आएकी सिता थापाले भनिन् ‘संस्थालाई अहिले अर्को ठाउँमा सार्नका लागि लाग्ने समय दिएर महिलाहरुको रोजीरोटी नखोस्न जिविसले सहयोग गर्नुपर्छ । हामी अब यहाँबाट उठेर कहाँ जाने ?’ संस्थामा आबद्ध सबै महिलानको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा धेरै महिलाहरुको रोजीरोटी खोसिने डरले आँखा रसाएका थिए । ‘जिविस तथा अन्य संघसंस्थाले त गरि, असहाय, अपाङ्गता भएकाहरुलाई रोजगार दिनका लागि पो लाग्नुपथ्र्यो । उल्टै उठीबास लगाउने काम किन गर्न खोज्दैछ’ गंगा थापाले विलौना गर्दै भनिन् ‘कि जिविसले हामी सबै महिलाहरुलाई महिनावारी तलब दिएर राखोस् होइन भने महिलाको अधिकार नखोसोस् ।’ उनले पनि केही समयावधीका लागि छाडिदिन आग्रह गरिन् । विगत ४० बर्षदेखि पोखराको सिर्जनाचोकमा महिला सिप विकास संस्थाले भोगचलन गर्दै आएको जग्गा २०६९ साल ८ महिना–२६ गते जिविसको नाममा दर्ता भएको हो । सो जग्गामा आफ्नै भवन निर्माण गरी महिला सिप विकास संस्था सञ्चालनमा थियो । जिल्ला बिकास समितिले गैरकानुनी तवरले जग्गा अतिक्रमण गरेको भन्दै महिला सिप विकास संस्थालाई जग्गा खालि गर्न पत्र काटेको हो । भवन हटाउन मात्र भनेन जि.वि.स.ले बिगत ४० बर्ष देखिको भवनभाडा समेत मागेको छ । पहिलेको समयमा आफूहरुलाई सहयोग गर्दै आएको जिल्ला विकास समितिले पछिल्लो समय जग्गाको मोहले गर्दा भवन हटाउन लगाएको संस्थाकी कार्यकारी निर्देशक रामकलि खड्काले गुनासो गरिन् । अशिक्षित, अपाङ्ग, एकलमहिला लगायत आर्थिक स्थिति कमजोर भएका महिलाहरुले सो संस्थामा रोजगार पाएको भन्दै निर्देशक खड्काले दिदीबहिनिहरुको रोजगारको थलोलाई नभत्काउन आग्रह गरिन् । ४० बर्षयता सो संस्थाबाट ११ हजार ५ सय जनामहिलाहरुले सिप सिकेका छन् । महिला सिप विकास संस्थाले जग्गा आफ्नो नाममा दर्ताको माग पनि नगरेको होइन तर त्यो हुन सकेन । ४० बर्षदेखि बस्दै आएको सस्थाले १ बर्षको समय माग गर्दा समेत नसुनेको खड्काले गुनासो गरिन् ।

0 comments:

Post a Comment