
आयल निगमले आइतबार राति १२ बजेबाट लागु हुनेगरी इन्धनको मुल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य घटेकाले यहा मुल्य समायोजन गरिएको हो । ‘अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य घटेकाले सोही अनुसार नेपाली बजारमा पनि घटाएका छौं,’ निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले भने, ‘नयाँ मूल्य आइतबार राति १२ बजेबाट लागू हुनेछ ।’ कान्तिपुर दैनिकमा समाचार छ ।
नयाँ मुल्य लागू भएपछि प्रति लिटर पेट्रोलको मुल्य १ सय ६ रुपैयाँ ५० पैसा, प्रतिलिटर डिजेल र मट्टितेलमा ८४ रुपैयाँ हुनेछ । यसअघि प्रति लिटर पेट्रोलको मुल्य १ सय ९ रुपैया, डिजेल, मट्टितेलको ८६ रुपैयाँ ५० पैसा थियो । भारतीय आयल कर्पोरेशनले अगस्त महिनामा पठाएको आधारमा मूल्य समायोजन गरेको हो । निगमका अनुसार नयाँ मुल्यपछि खाना पकाउने ग्यास पनि नाफामा छ । नाफामा गएपछि प्रति सिलिन्डर एलपिजी ग्यासमा ३५ रुपैयाँ घटेको छ । नया मुल्य पछि प्रति सिलिन्डरको मुल्य १४ सय ३५ रुपैया पर्नेछ । यसअघि प्रति सिलिन्डर १४ सय ७० रुपैयाँ थियो ।
निगमका प्रबक्ता मुुकन्द घिमिरेका अनुसार ग्यासको मूल्य पहिलो पटक घटाएको हो । ग्यासको मुल्य समायोजन पश्चात प्रति सिलिन्डर ग्यासमा १ रुपैया ५० पैसा नाफा छ । ग्यासमा नाफा पहिलो पटक भएको हो ।
‘अन्तर्राष्ट्रिय बजारमा ग्यासको मुल्य पनि घटेको छ,’ उनले भने, ‘त्यसले नेपालमा प्रभाव परेको हो । ग्यासमा पहिलो पटक नाफामा भएको छ ।’
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment