Sunday, August 9, 2015

पत्नी हत्या अभियोगमा सेनामा कार्यरत रमेश पक्राऊ


२४ साउन, मन्थली । रामेछाप नगरपालिका ४ डुम्रिबोटकी २९ वर्षीया इन्द्रा खत्री विकको हत्या अभियोगमा उनका पति रमेश विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो सुकाजोर खोला नजिकै जंगलमा इन्द्राको शव भेटिएको थियो । शव नजिकै उनकी १४ महिने छोरी रोजिना जिवितै फेला परेकी थिइन् ।
शनिबार साँझ नै प्रहरीले रमेशलाई नियन्त्रणमा लिएको हो । प्रारम्भिक बयानमा रमेशले पत्नीको हत्या गरेको स्वीकारेका छन् । नेपाली सेनामा कार्यरत उनले सुर्खेतमा रहँदा परिवारका सदस्यहरुलाई जानकारी नै नदिइ इन्द्रासँग दोस्रो बिबाह गरेका थिए । रमेश हाल नेपालगञ्जमा कार्यरत छन् ।

0 comments:

Post a Comment