कञ्चनपुर, साउन २४ – थरुहट पक्षधरले कैलाली र कञ्चनपुर एउटै प्रदेशमा राख्ने दलहरुको सहमतिको विरोध गर्दै आन्दोलनलाई निरन्तरता दिएका छन् । उनीहरुले कैलाली र कञ्चनपुरलाई थरुहटमा राख्नुपर्ने भन्दै सिमाङ्कन सहित ६ प्रदेश बनाउने सहमतिको विरोध गरेका हुन् । अखण्ड सुदूरपश्चिम पक्षधरको आमहडताल भने स्थगित भएको छ । अखण्ड पक्षधरको आमहडताल स्थगित भएपनि थरुहट पक्षधरले आब्हान गरेको आमहडतालका कारण कञ्चनपुरको जनजीवन आज तेस्रो दिन पनि कष्टकर नै बनेको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment