२४ साउन, काठमाडौं । दिउँसो एक बजे बस्ने भनिएको संविधानसभा बैठक पाँच बजेका लागि सारिएको छ । संविधान निर्माणबारे शनिबार मध्यराति भएको सहमतिअनुसार संवाद समितिले प्रतिवेदन तयार पारी संविधानसभा बैठकमा पेश गर्ने कार्यसूची छ । दिउँसो १ बजेसम्म सो काम नसकिएकाले बैठक सरेको हो । त्यसैगरी दिउँसो ३ बजे बस्ने व्यवस्थापिका संसदको बैठक पनि साढे पाँच बजेका लागि सारिएको छ ।
संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले बैठक सरेको जानकारी दिएका हुन् ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment