नायिका जल शाहलाई यसपालि आफ्नो माइती देशको बसाइ भ्याईनभ्याई भयो । अघिल्लो साता काठमाडौं आइन्, घरपरिवार र माइतीलाई भेटघाट गर्दैमा डेढ साताको छोटो बसाइ अवधि सकियो र बिहीबार हतार–हतार अमेरिकास्थित घर फर्कन लागेकी छन् । ‘खासमा अलि लामो समय लिएर आफ्नो देश बसौं, सबैसँग भेट गरौं । पुराना कुराहरु गरौं भन्ने थियो,’ नायिका शाहले भनिन्,‘म खास अलि पछि नेपाल आउने सोचमा थिएँ । तर, अचानक आउनुपरेकाले धेरै समय लिएर आउन सकिनँ र चाहेका सबैलाई भेट्न पनि सकिनँ । आउनलाई मात्र आएजस्तो भयो ।’ जल अलि पछि आउने योजनालाई अगाडि सार्दै अचानक सानिआमाको असमायिकरुपमा भएको निधन र नितान्त व्यक्तिगत कामका सिलसिलामा गत साता काठमाडौं आएकी थिइन् । सानीआमाको निधन भएको खबर सुनेपछि शोक मनाउन र जरुरी व्यक्तिगत कामका लागि आउँदा थोरै समयका लागि मात्र समय मिलाउन सकिएकाले मनमा भएका सबै चाहना पूरा गर्न नसकेको जलले बताइन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment