Wednesday, August 26, 2015

छोरीको मन बुझाउन कथा सुनाउँछन् जोनी


ताजाखबर। सन् २००७ मा हलिउड अभिनेता जोनी डेपकी छोरी लिलीको मिर्गौलामा खराबी देखियो । त्यसपछि लिली निकै बिरामी भइन् । आफुलाई सम्हाल्न नसकेकी लिलीलाई जोनीले लन्डनको ग्रेट अर्मोन्ड स्ट्रिट अस्पतालमा लगेर भर्ती गराए तर उनी निकै तनावमा हुन्थिन् । लगातार उपचारका कारण उनलाई अस्पताल पनि जेल जस्तै भएको थियो । यो अवस्था हेर्न जोनीलाई निकै गाह्रो भयो ।

छोरीको त्यस्तो अवस्था देखेपछि जोनीले तत्कालै एउटा प्रयास सुरु गरे । सबैभन्दा माया गर्ने छोरीको मन बुझाउन अस्पतालमै जोनीले प्रत्येक दिन चार घन्टा किताबी कथा सुनाउन थाले । यो क्रमलाई जोनीले निरन्तरता दिँदै आए । जोनीको प्रयासमा लिली तनावमुक्त हुँदै आइन् । छोरीको रोग निको भएपछि पनि उनले यो क्रमलाई जारी राखेका छन् । जोनी अहिले पनि हरेक बिहान आफ्ना छोराछोरीलाई फरक–फरक किताबी कथा सुनाउँछन् ।


0 comments:

Post a Comment