Wednesday, August 26, 2015

कांग्रेस नेता हत्या अभियोगमा थप दुईजना पक्राउ


पोखरा , भदौ १०–कास्की कांग्रेसका नेता रामजी पौडेल वादलको हत्यमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुईजनालाई वुधवार पक्राउ गरेको छ । पौडेलको हत्या भएलगत्तै २८ गतेदेखि फरार रहेका तीनजना अभियुक्त मध्ये प्रकाश गुरुङ र विश्वास गौतम पक्राउ परेका हुन् । हत्याका अभियुक्त प्रकाश गुरुङले कास्की प्रहरी समक्ष आफै आएर आत्म समर्पण गरेका हुन् भने अभियुक्त विश्वास गौतमलाई प्रहरीले भारतको देहरादून वाट पक्राउ गरेर ल्याएको विश्वस्त श्रोतले खुलाएको छ । हत्याका आरोपमा यसअघि प्रहरीले घटनाको भोलिपल्ट स्थानीय युवा राजुरानाभाट र हत्याको चार दिन पछि योजनाकारको आरोपमा लेखनाथ नगरसभापति राजेन्द्रमणि लामिछानेलाई पक्राउ गरिसकेको छ । सो घटनाका अर्का अभियक्त रविन केसी भने अझै फरार रहेका छन् । गत साउन २८ गतेराती लेखनाथको गगनगौंडामा स्थानीय वुद्धीमान गुरुङको घरमा लेखनाथ नगर समितिको आसन्न निर्वाचनको विषयलाई लिएर भएको विवाद मिलाउन वसेका १० जनाको वीचवाट कांग्रेसका इमान्दार नेता रामजीवादलको हत्या भएको थियो ।

हत्यामा को को संलग्न थिए भन्नेवारे अव सवै खुल्ने वुझिएको छ । यता सोही हत्यामा घाईते नारायणहरि तिवारीको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ भने घाईते मनोज गुरुङ घर फिर्ता भईसकेका छन् । अभियुक्त पक्राउ वारे पुष्टी गर्दै कास्की प्रहरी प्रमुख हरिवहादुर पालले विहीवार पोखरामा पत्रकार सम्मेलन गरी हत्यारा सार्वजनिक गरिने वताएका छन् । उनले भन, ‘मुख्य अभियुक्त पक्राउ परेपछि अव घटनाको अनुसन्धानमा सजिलो भएको छ ।’ यसैबीच वुधवार दिउसो पोखराको वगालेटोलको घुम्तीमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेल नेतृत्वको प्रहरी टोलीले रेडियो सराङ्कोटका समाचार प्रमुख कमल पौडेल अथक माथि दुव्र्यवहार गरेका छन् । दिउसो साढे तीन वजेको समयमा पौडेल नेतृत्वको टोलीले रामजी वादलका हत्यामा पक्राउ परेका अभियुक्त प्रकास गुरुङ, विश्वास गौतम र राजुरानाभाटलाई प्रहरी भ्यानवाट वीच वाटोमा झारेर हस्ताक्षर गरेको देखेपछि समाचार प्रमुख पौडेलले फोटो खिचेको प्रहरीले देखेपछि दुर्व्यवहार गरेको पौडेलले बताए ।

0 comments:

Post a Comment