Wednesday, August 26, 2015

अमेरिकामा टेलिभिजन पत्रकारको हत्या गर्नेले आत्महत्या गरे


काठमाडौं, भदौ १० । अमेरिकाको भर्जिनिया राज्यमा प्रत्यक्ष प्रसारणमा रहेका दुई जना टेलिभिजन पत्रकारको गोली हानी हत्या गर्ने व्यक्तिले आत्महत्या गरेका छन् । घटनापछि प्रहरीले ब्यापक खोजी गर्ने क्रममा ४१ वर्षीय भेष्टर ली फ्लानागन नाम गरेका ती ब्यक्तिलाई आफ्नै कारभित्र घेराउ गरेपछि उनले आत्महत्या गरेका हुन् ।

दुई पत्रकारको हत्या गर्ने फ्लानागन पनि सोही टेलिभिजन डब्लु डि बि जे सेभेन न्यूज च्यानलका पूर्वकामदार रहेको खुलेको छ । प्रहरी अधिकारीहरुका अनुसार बेडफोर्ड काउन्टिको मोनेटास्थित सपिङ सेन्टरमा एउटा प्रत्यक्ष साक्षात्कार कार्यक्रम गरिरहेको बेला २४ वर्षिय सम्बाददाता एलिसन पार्कर र क्यामरापर्सन २७ वर्षिय एडम वार्डको गोली हानी हत्या गरिएको थियो । उनीहरुमाथि आठ गोली हानिएको बताइएको छ । घटनामा प्रत्यक्ष कुराकानीमा अतिथि रहेकी महिला भने बच्न सफल भएकी छन् । (एजेन्सी)

0 comments:

Post a Comment