Wednesday, August 26, 2015

सलमानलाई बिहेको ‘क्युट’ प्रस्ताव


एजेन्सी – बलिउड अभिनेता सलमान खानले फेसबुकमा एउटा भिडियो सेयर गरेका छन् । त्यो भिडियो अहिले बलिउड बजारमा भाइरल भएको छ । भिडियोमा तीन वर्षीया बालिकाले सलमानसँग बिहे गर्न चोहको बताएकी छन् । भिडियोमा आमाले बिहे के हो भनेर सोध्दा बालिकाले जवाफ दिएकी छन्,‘ह्याप्पी बर्थडे ।’ यो भिडियो ती बालिकाकी आमाले नै सलमानलाई पठाएकी थिइन् । त्यसपछि सलमानले भिडियोलाई फेसबुकमा राख्दै लेखेका छन्,‘सो स्विट ।’ यसभन्दा पहिले पनि सलमानलाई यस्तै प्रस्ताव आएको थियो । फिल्म बजरंगी भाइजान हेरेपछि एक सानी बच्चीले भामुव भएर रुँदै भनेकी थिइन,‘आई लभ सलमान ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 comments:

Post a Comment