बार्सिलोनाले राम्रो खेल्नेमा प्रश्न उठाउने केही स्थान छन्, तर नयाँ प्रशिक्षक राफेल बेनिटेजको आगमनयता रियलमाथि अझ बढी उत्तर खोजिने ठाउँ थिए । लिगको पहिलो चरणको समाप्तिमा यी प्रश्न अझ बल्झेका छन् ।
रियलले यसै सिजन माथि उक्लेको रियल गिजोनसँग निराशाजनक गोलरहित बराबरी मात्र खेल्यो । कम्तीमा बार्सिलोनाले स्पेनी सुपर कपमा बेहोरेको बिर्सनलायक हारपछि एथलेटिको बिलबाओलाई एक गोलले पराजित गर्न सफल रह्यो ।
म्याड्रिडमै जन्मे, हुर्केका बेनिटेजले लिगमा पहिलो खेल सम्हाल्दा उनीसँग बलियो टिम र संयमित समर्थक थिए नै, त्यो भन्दा ठूलो तीन वर्ष लिग जित्न नसकेको पीडा थियो ।
तर रियल राम्रो सुरुआत लिन असफल रह्यो । तुलना नै गर्ने हो भने रियलले बार्सिलोनाको तुलनामा राम्रो खेलेको हो, तर जति अवसर सिर्जना गरे पनि त्यसमा निर्णायक फाइदा लिन भने लगातार चुकेको थियो ।
क्रिस्टियानो रोनाल्डो र गेराथ बेलले केही राम्रा आकर्षक मुभ पनि बनाए । खेल सकेर मैदान छाड्दा भने टिमसँग खालि निराशा मात्र थियो । एकै चरणको खेल के सकिएको थियो, रियल बार्सिलोनाभन्दा दुई अंकले पछाडि परिसकेको थियो ।
तर रियल डिफेन्डर राफेल भाराने भन्छन्, ‘हामीले राम्रो सुरुआत पाएनौं, तर यसको अर्थ यो होइन कि हामीले आफ्नो टाउको झुकाउने समय आयो ।’ पछिल्लो आठ वर्षमा रियलले दोस्रोपल्ट लिग जित्ने हो भने तय छ, अहिले जति खेल देखाएको छ, त्यसको दोब्बर राम्रो प्रदर्शन आवश्यक हुनेछ ।
बार्सिलोनाले पनि तीन अंकका लागि धेरै मिहिनेत गर्नुपरेको थियो । जितले के संकेत गरेको छ भने कम्तीमा बार्सिलोनासँग जितका लागि संघर्ष गर्ने गुण भने अझै कायम छ ।
पारम्परिक रूपमा बार्सिलोना राम्रो सुरुआतका लागि संघर्ष गर्ने गर्छ । तर एकपल्ट लयमा फर्किने हो भने उसलाई छुन सक्ने अरू कोही पनि हुन्न । लुइस एनरिकेको टिमले लिगमा सुरुआत गर्दा चोट र प्रतिबन्धको धेरै समस्या थियो ।
नेयमर, गेरार्ड पिके, डानी एल्भास र सर्जियो बुस्केटलाई लिएर केही न केही समस्या थियो । त्यसमाथि पेड्रो रोड्रिग्वेज र ज्याभी हर्नान्डेजले क्लब छाडेको पीडा पनि थियो ।
सुपर कपमा बिलबाओविरुद्ध पहिलो लेगमा चार गोल खाएपछि बार्सिलोनाको डिफेन्समा पनि धेरै प्रश्न उठे । त्यही टिमविरुद्ध लिगमा बार्सिलोनाका लागि अर्को पीडा थपियो, लियोनल मेसी पेनाल्टीमा चुक्नुको अर्थमा ।
अहिलेको आधुनिक पुस्ताका सबैभन्दा राम्रा फुटबल खेलाडी पेनाल्टीमा किन खराब हुन्छन्, त्यो प्रश्न पनि आफ्नो स्थानमा छ नै ।
तर एनरिके भन्छन्, ‘गत सिजन हामीले लिगमा जसरी सुरुआत गरेका थियौं, यसपल्ट पनि त्यस्तै सुरुआत भएको छ । हामी आफ्नो आक्रमणमा बढी ध्यान दिन चाहन्छौं र यो माथिल्लो दर्जाको आक्रमण हुन्छ, यसमा शंका नगरे हुन्छ ।’
0 comments:
Post a Comment