गच्छदार बाहिरिए
यता, ६ प्रदेशमा सहमति जनाई सकेको मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक संवाद समितिको विशेष समितिबाट बाहिरिएको छ ।
कांग्रेस एमालेले यसअघि ल्याएको ७ प्रदेशमा जाने प्रस्तावको समर्थनमा एमाओवादी समेत रहेपछि त्यसको विरोध गर्दै गच्छदार समितिबाट बाहिरिँदै आन्दोलनमा जान लागेका हुन् ।
फोरम लोकतान्त्रिक कार्यालयका सचिव प्रमानन्द मेहताले विशेष समितिबाट फिर्ता भएसँगै पार्टीले आन्दोलनमा जाने निर्णय गरेको बताए ।
फोरम नेपालका गच्छदारले पहिले मधेशमा दुई प्रदेशसहित ८ प्रदेशमा सहमति गरेका थिए । तर पछि काँग्रेसको अडानमा ६ प्रदेश भएको थियो । र, गच्छदारले सविधान निर्माणमा बाधक नबन्ने भन्दै नोट अफ डिसेन्ट लेखेर त्यसमा हस्ताक्षर गरेका थिए । त्यसले गर्दा उनको पार्टीमा विवाद पनि शुरु भएको थियो ।
अध्यक्ष गच्छदारको पार्टीमा विवाद शुरु भएपछि ६ प्रदेशको सिमांकनमा मधेशमा थरुहट प्रदेशसहित दुई प्रदेश दिनु पर्ने अडान राखेका थिए । तर, पश्चिममा शेरबहादुर देउवा, भिम रावललगायतका नेताहरुले अडान लिएपछि थरुहट प्रदेश बन्नमा बाधक भएको थियो ।
0 comments:
Post a Comment