मरेको मान्छे फेरी बाँच्ने फिल्मका लागि नौलो होइन्। वास्तविक जीवनमा त्यो असम्भव छ तर मरे भनिएका व्यक्ति फेरी जिउँदो भएको घटना यदाकदा सुनिने गरेका छन्। एक भारतीय मोडलको हकमा पनि सोही कुरा लागु भएको छ। करिब ९ वर्ष अगाडी एक भारतीय मोडललाई डाक्टरहरुले मृत घोषित गरेका थिए तर उनी मरिनन्।
सन् २००६ मलेरियाका कारण विराली मोदी कोमामा गइन्। पछि डाक्टरहरुले उनलाई मृत घोषित गर्दै उनको शवलाई भेन्टिलेटरमा सारिदिए तर, भेन्टिलेटरमा राखेको केही क्षणमा नै उनका शरिरका अंगहरुले हर्कतहरु देखाउन थाले र मृत भनेकी उनी फेरी बाँचिन्।सो घटनापछि उनको जीवन आजको समयमा व्हील चियरमा सिमित भएको छ तर पनि उनले हार मानेकी छैनन्।
उनी मोडलिङ् र अभिनय गर्ने आफ्नो सपनाको पछाडी दिलोज्यान दिएर लागिरहेकी छन्। उनको हिम्मत र हौसलालाई सबैले सम्मान गरिरहेका छन्। उनलाई बलिडडमा फिल्म खेलाउन चाहनेहरु बढ्न थालेका छन्। उनलाई नाम चलेका एक निर्देशकले फिल्मको प्रस्ताव गर्दै आडिसनका लागि बोलाएका छन्।
0 comments:
Post a Comment