काठमाडौं, ४ भदौ : सुनको मूल्य एकैदिन १ हजार ४ सयले बढेको छ । बिहिबार प्रतितोला ५० हजार २ सयमा कारोवार भएको सुनको मूल्य शुक्रबार ५१ हजार ६ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । हिजो प्रतितोला ७ सय ५ मा कारोबार भएको चाँदी शुक्रबार(आज) प्रतितोला ७ सय १५ रुपैयाँमा कारोवार भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दै गएकोले नेपालमा पनि त्यसको प्रभाव परेको हो ।
0 comments:
Post a Comment