Saturday, August 8, 2015

करेन्ट लागेर एक जनाको मृत्यु


नवलपरासी, साउन २३ – नवलपरासीको देवचुलीमा शनिबार करेन्ट लागेर एक जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक परशुराम तिवारीका अनुसार रुपन्देहीको मदौलियाका २८ वर्षका सन्तराम चौधरीको करेन्ट लागेर ज्यान गएको हो । मौलाकालिका प्लाष्टिक उद्योगमा काम गर्ने क्रममा शनिबार बिहान करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा काठमाडौंको वीर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment