Saturday, August 8, 2015

बोक्सी भन्दै ५ जना महिलाको हत्या


भारतको झारखण्ड राज्यको राँची नजिकैको गाउँमा शुक्रबार राति बोक्सी भन्दै ५ जना महिलाको हत्या गरिएको छ। बोक्सीको आरोप ती महिलालाई गाउँकै एक समूहले हत्या गरेको बताइएको छ। शुक्रबार राति ती महिलाहरुलाई घरबाट बाहिर निकालेर धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।
 ५ जना महिला फरक फरक परिवारका थिए। राची प्रहरीका एसपी राजकुमार लडकाका अनुसार गाउँकै एक गुटले ती महिलाहरु बोक्सी भएकोले गाउँमा अशान्ति भएको भन्दै उनीहरुलाई मार्ने निर्णय गरेका थिए।
 झारखण्डमा अहिलेसम्म १२ सय भन्दा बढी महिलालाई बोक्सीको आरोपमा मारिएको प्रहरीले बताएको छ।

0 comments:

Post a Comment