Saturday, August 8, 2015

​६ प्रदेशमा दलहरुबीच सहमति,


काठमाडौं: प्रमुख चार दलबीच संघीयतामा नेपाललाई ६ प्रदेश बनाउने सहमति भएको छ। चार दिनदेखि लगातार छलफलमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकबीच तराईमा दुई र पहाडमा चार प्रदेश बनाउने सहमति भएको हो। पूर्वको तराइ प्रदेशमा पहाडी जिल्ला समावेश गरिएको छैन भने नवलपरासीदेखि पश्चिमका तराइ प्रदेशमा लुम्बिनी र राप्ती अञ्चलका जिल्लाहरु पनि समावेश गरिएको छ। दलहरुबीचको यस सहमतिमा हस्ताक्षरको तयारी भएको छ। सुदूरपश्चिमको कैलाली र कञ्चनपुरलाई तराइ प्रदेशमा राख्ने वा सुदूरपश्चिमलाई अखण्ड बनाउने भन्ने लामो बहसपछि त्यसलाई अखण्ड नै राखिएको छ। नवलपरासी जिल्लाको दाउन्नेदेखि पूर्वको भागलाई गण्डकी र धौलागिरी अञ्चलका जिल्लाहरुसँग जोडिएको छ। लुम्बिनी अञ्चललाई अखण्ड राखेर तराइका जिल्लाहरुसँग जोडिएको छ। दलहरुबीच सहमति भएपछि आजै संवैधानिक राजनीतिक सवाद समितिमा छलफलपछि प्रतिवेदन तयार पारिनेछ। त्यसपछि प्रतिवेदन संविधानसभामा पेश हुनेछ।

0 comments:

Post a Comment