Saturday, August 8, 2015

अष्ट्रेलियन क्रिकेट कप्तान माइकल क्लार्कद्वारा सन्यासको घोषणा



साउन २३ – अष्ट्रेलियन क्रिकेट कप्तान माइकल क्लार्कले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेको छन् । उनले इंग्ल्याण्डमा जारी एसेस टेष्ट श्रृखलापछि अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने घोषणा गरेका हुन् । चौथो टेष्टमा १ इनिङ र ७८ रनले हारेपछि च्यानल नाइन टेलिभिजनसँग कुरा गर्दै उनले इंग्ल्याण्डसँगको पाँचौ टेष्ट आफ्नो खेल जिवनको अन्तिम खेल हुने बताउ । पाँचौ टेष्ट भदौ ३ गते द ओभलमा सुरु हुने छ । आफूले खेलबाट भाग्न नचाहेको तर जारी एसेस श्रृखलामा र पछिल्लो एक वर्षमा साह्रै खराव खेलेको स्वीकार गर्दै उनले भने ‘यो मेरा लागि स्वीकार्य भएन ।’ ३ वर्ष उपकप्तान रहेका क्लार्कले सन् २०११ मा तत्कालिन कप्तान रिकी पोन्टिङको ठाउँ लिएका थिए । ३४ वर्षका क्लार्कले नयाँ पुस्तालाई मौका दिन पनि आफूले सन्यासको निर्णय गरेको स्पष्ट पारे । उनले आउँदो वर्षको एसेस श्रृखलाका लागि नयाँ कप्तानलाई टिम तयार गर्न पनि आफूले अहिले नै ठाउँ खाली गर्नु परेको बताए । क्लार्कले १ सय १४ टेष्टमा ८ हजार ६ सय २८ तथा २ सय ४५ एक दिवसीय क्रिकेटमा ७ हजार ९ सय ८१ रन बनाएका छन् । पार्ट टाइम बलरसमेत रहेका क्लार्कले ३१ वटा टेष्ट विकेट लिएका छन् । एक दिवसीय क्रिकेटमा भने उनले ५७ विकेट हात पारेका छन् ।
– एजेन्सीको सहयोगमा

0 comments:

Post a Comment