सुनसरी, श्रावण २३ । नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्नुपर्ने माग राखेर आन्दोलनमा उत्रिएकाहरुको प्रदर्शनका कारण सुनसरीको इटहरी शनिबार दिनभर तनाबग्रस्त बन्यो । आन्दोलनकारीले पक्राउ परेका आफ्ना ६ जना कार्यकर्तालाई छोड्न माग राखेर प्रहरी कार्यालय घेराउ गरेपछि झडप हुँदा स्थिति तनाबग्रस्त बनेको हो ।प्रदर्शनकारीलाई नियन्त्रणमा लिनेक्रममा प्रहरीले लाठीचार्ज गरेको थियो । त्यसक्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग राखेर शुक्रबारदेखि अनिश्चितकालीन बन्द आह्वान गरी त्यस क्षेत्रमा प्रदर्शन भइरहेको छ ।
<iframe width="420" height="315" src="https://www.youtube.com/embed/huvThaWVX9s" frameborder="0" allowfullscreen></iframe>
स्रोत -इमेज खबर
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment