प्रमुख दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा जारी वार्ता निश्कर्ष नजिक पुगेको छ। वार्तामा सहभागी एक नेताले भने, ‘सीमांकनमा ’लगभग’ सहमति भइसक्यो आजै हस्ताक्षर हुन्छ।’ प्रधानमन्त्री सुशील कोइरालासहित शीर्ष नेता सम्मिलित वार्तामा अब धेरै ढिला गर्न नहुने भन्दै ती नेताले भने,‘आज सहमतिमा हस्ताक्षर गरेर संविधानसभामा पेश हुन्छ।’ ६ प्रदेशको सीमाना मोटामोटी टुंगिएको नेताहरुले बताएका छन्। नागरिकता र धर्मका बिषयमा देखिएको विवाद टुंग्याउनका लागि नेताहरूअन्तिम प्रयासमा छन्। स्रोतका अनुसार, छ प्रदेश मध्ये १ नम्बरमा मेची, कोशी, सगरमाथाको सोलुखुम्बु, खोटाङ, उदपयपुर र ओखलढुंगा रहेका छन्।
यस्तै दुई नम्बर प्रदेशमा पर्सादेखि सप्तरीसम्मको तराई परेका छ। तीन नम्बरमा बाग्मती अञ्चल, नारायणिको मकवानपुर र चितवन तथा जनकपुरको सिन्धुली, दोलखार रामेछाप परेका छन्। यस्तै चार नम्बरमा गण्डकी, धवलागिरी अञ्चल र नवलपरासीको दाउन्ने खण्ड समावेस गरिएको छ। पाँच नम्बरमा भेरी अञ्चलको बाँके बर्दियाँदेखि दाउन्नेसम्म अनि राप्ती अञ्चल राखिएको छ। छैठौ प्रदेशको रूपमा महाकाली, कर्णाली सेती र भेरीको पहाडी जिल्ला जाजरकोट, सुर्खेत र दैलेख राखिएको छ। यसैबीच संवाद समितिको बैठक ८ बजेलाई डाकिएको छ। सोही समयमा संविधानसभाको पनि बैठक परेकोले संविधानसभा बैठक फेरि सर्ने भएको छ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment