काठमाडौं, साउन २३ – नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीमा सरेको छ । भूकम्पका कारण बल्खुमा रहेको पार्टीको केन्द्रीय कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएकाले धुम्बाराहीको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानमा कार्यालय सारिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार नयाँ पार्टी कार्यालयको शुभारम्भ गर्नुभयो । बल्खुमा रहेको पार्टी कार्यालयको परिसरबाट नवयुग छापाखाना, पार्टीको सम्पर्क समन्वय कमिटि लगायत केहि कार्यालय भने सञ्चालन हुने एमालेले जनाएको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment