पाँचथरको भारपामा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय शणबहादुर पन्धाकको तीन वर्षीया छोरी दिनीशा पन्धाक रहेकी छिन् । बाटोमा खेल्ने क्रममा बा४७प ३३५५ नंको मोटरसाइकले ठक्कर दिएर गम्भीर घाइते भएकी दिनीशाको उपचारका क्रममा जिल्ला अस्पताल पाँचथर ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ठक्कर दिने ताप्लेजुङका मङ्गलसिंह साँवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment