काठमाडौं: पाल्पाको दोभान गाविसमा पहिरो सहित खोलामा बस खस्दा २ जनाको शव भेटिएको छ। पाल्पाबाट बुटवलतर्फ आइरहेको लु १ ख ५७७१ नम्बरको बस दोभान गाविस ५ सिद्धबाबामा पहिरो सहित तिनाउ खोलामा खस्दा ज्यान गुमाउने पाल्पा ताँहु गाविस ८ की दिब्या श्रेष्ठको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सिद्धार्थ राजमार्गमा गुडिरहेको बस माथिबाट खसेको पहिरोसँगै बगेर तिनाउ नदीमा खसेको थियो। बस नदीमा खस्दा केही यात्रु भागेर बाँचेको जानकारी आएपनि हराएका यात्रुहरुबारे यकिन नभएको प्रहरीको भनाई छ। पाल्पाबाट २०/२२ जना यात्रु लिएर बुटबल गएको बस पहिरोसँगै करिब १ सय ५० मिटर तल खोलामा खसेको हो। बस गहिरो रहमा खसेकाले फेला पार्न प्रहरीले प्रयास गरिरहेको छ। उद्धारका लागि पाल्पा र रुपन्देहीका प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन्।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment