काठमाडौ, भदौ ३ । अज्ञात बन्दुकधारीले एक पाकिस्तानी अभिनेत्री मुसरत शाहीनको गोली प्रहार गरी हत्या गरेको छ । पाकिस्तानको खाइबर पख्तूनख्वा प्रान्तमा अभिनेत्री मुसरतकी आमाकै सामुन्ने गोली हानी हत्या गरिएको बिबिसीले जनाएको छ । अभिनेत्री शाहीनलाई मोटरसाइकलमा सवार अज्ञात बन्दुकधारीले गोली हानेका थिए । उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । बन्दुकधारीले किन र केका लागी हत्या गर्यो भन्ने अझै खुल्न सकेको छैन भने प्रहरीले अहिले सम्म बन्दुकधारीका विषयमा कुनै सुइको समेत पाएको छैन ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment