Friday, August 28, 2015

प्रधानमन्त्रीले भने-अमरेशलाई कारबाही हुन्छ




प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले पार्टी नीति बिरुद्ध गई सामाजिक सद्भाव भडाउने अभिव्यक्ति दिएका सभासद् अमरेशकुमार सिंहलाई कारबाही हुने बताएका छन्।
पूर्वका कांग्रेस सभासभासद्हरुसंग शुक्रबार संविधानसभा भवनमा भएको छलफलमा कोइरालाले अनुशासन समिति मार्फत सिंहमाथि कारवाही हुने बताएको खबर आजको कान्तिपुरमा छापिएको छ।
पार्टीको अनुशासन समितिले अमरेशलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । 'तपाईहरू ढुक्क हुनुहोस् त्यस्तोलाई कारवाही हुन्छ' प्रधानमन्त्रीको भनाई उत्धृत गर्दै सहभागि एक सभासद्ले भने, 'तपाईहरुले भन्नु अघि नै मैले कारवाही प्रकृया अघि बढाईसके को छु ।' पाहडीया र मधेशीबीचको सामाजिक सदभाव खल्बलाउने अभिव्यक्ति दिदै आएका सिंहमाथि कारवाही नभएको भन्दै सभासद्हरुले नेतृत्वको चर्को आलोचना गरेका थिए। छलफलमा बरिष्ठ नेता शेरवहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि थिए।

0 comments:

Post a Comment