Thursday, August 20, 2015

नेपाल र भारत बीच फेरि अर्को राष्ट्रघाती सम्झौता हुँदै


काठमाडौँ ४ भदौ । नेपालले इन्धन कारोबार भारतीय आयल कर्पोरेशनबाट मात्रै गर्न पाउने गरी अर्को राष्ट्रघाती सम्झौतामा नेपालले आइतबार हस्ताक्षर गर्दैछ । आजको जनसवाल दैनिकमा खबर छ । बहुप्रतिक्षित नेपाल – भारत पाइपलाइन विस्तारको औपचारिक सम्झौतासँगै नेपाल १५ वर्षसम्म भारतीय आयल कर्पोरेशन अन्तगर्त मात्रै इन्धन खरिद गर्न पाउने राष्ट्रघाती प्रावधान राखेर पाइपलाईनको सम्झौता गर्न लागेको हो ।

सम्झौता पछि भारतले आफ्नै पाइपलाइन नभएको रक्सौलदेखि नेपालको अमलेखगन्ज सम्मको नाम मात्रको पाइपलाई बनाउने सम्झौता गरी नेपालको एक खर्ब भन्दा बढी मूल्यको इन्धन कारोबारमा एकाधिकार कायम गर्नेछ ।

0 comments:

Post a Comment