Thursday, August 20, 2015

घैंटे मारिएपछि अरु डनको भागाभाग


एमाले निकट डन दिनेश अधिकारी चरी मारिएको एक वर्षपछि कांग्रेस निकट डन कुमार घैंटे पनि मारिएका छन् । बिहिबार घरको आँगनमै प्रहरीसँगको मुठभेडमा घैंटे मारिएका हुन् । चरी मरेपछि केही महिना गुण्डागर्दी नियन्त्रण भएको थियो । पछिल्लो समय फेरी गुण्डागर्दी मौलाएको थियो । नेपाली कांग्रेसका प्रभावशाली नेताकै संरक्षणमा रहेका उनी समेत मारिएपछि अन्य डनहरुको भागाभाग भएको छ । दरबारमार्ग, ठमेल क्षेत्रमा अखडा बनाएर गुण्डाका नाइकेहरु बस्ने गरेकोमा बिहिबार उनीहरु देखिएका छैनन् । ललितपुर र भक्तपुर एरियाका गुण्डाका नाइकेहरु पनि उपत्यका छाड्ने र बिदेश नै भाग्ने तयारीमा रहेको स्रोत बताउछ । राजनीतिक संरक्षणमा गुण्डागर्दी मौलाएकाले नै कडा रुपमा प्रस्तुत हुनुपरेको अपराध महाशाखाका एक प्रहरीले बताए । ‘गुण्डाहरुले देशमा चुरीफुरी निकै बढेको छ,’ महाशाखाका एक अधिकारी भन्छन्,‘२/४ जना नमारीकन देशमा गुण्डागर्दी रोकिदैन ।

अपराध महाशाखाका एसएसपी खनाल पनि गुण्डाविरुद्ध कडा रुपमा प्रस्तुत हुने तयारीमा छन् । घैंटेलाई पक्राउ गर्न गएको प्रहरीलाई उनले आक्रमण गरेको प्रहरी दाबी छ । जवाफी कारबाहीमा उनी मारिएका हुन् । मुठभेडमा अपराध महाशाखाका असईद्धय रंजित लामा र हेमन्त चन्दसहित तीन प्रहरी पनि घाइते भएका छन् । प्रहरीले घैंटेका केही सहयोगीलाई पक्राउ गरेको छ । गम्भीर घाइते भई शिक्षण अस्पताल पुर्‍याएकोमा अस्पतालले उनलाई मृत घोषण गरेको थियो । महानगरीय अपराध महाशाखाको टोलीले कपुरधारास्थित घैंटेकै घरमा उनलाई गोली हानेको थियो । दृष्टिबाट

0 comments:

Post a Comment