राम्रो कलाकार बन्ने सपना सबैले बुनेका हुन्छन यहि भीडमै यस्तै सपना लियर अघि बढिरहेका मोडेल के के अधिकारीले आधुनिक पप गरेर डेढ दर्जन म्युजिक भिडियोमा काम गरिसकेका छन् । भने २ ओटा फिल्म एउटा साथी र लव सबमा समेत खेलिसकेका छन्, उनको पछिल्लो फिल्म लव सब यहि भाद्र २५ गते बाट अल नेपाल रिलिजको तयारीमा छ ।
गत २०७१ सालमा म्युजिक खबर अवार्डमा आधुनिक गीत बाट टप ५ को नोमिनेसनमा समेत परेका के के पहिलो पटक लोक गीत अन्तर्गत तीजको गीतमा खेलेका छन् । विजय थापा र रविन थापाको निर्देशन मा बनेको उक्त भिडियो मा के के संगै दिपासा बिसी ले काम गरेकी छन् ।
हेर्नुस भिडियो
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
0 comments:
Post a Comment