Thursday, August 20, 2015

उपेन्द्र, अमेरश र राजेन्द्र महतोलाई गृहमन्त्री गौतमको कडा चेतावनी


काठमाडौं, ३२ साउन । जातिय हिंसा भड्काउने अभिव्यक्ति दिएर सामाजिक सद्भाव खल्बल्याउन खोज्ने मधेसी नेताहरुलाई उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले कडा चेतवानी दिनुभएको छ ।

संविधानसभाको आजको बैठकमा मधेसी नेताहरुले विखण्डनकारी अभिव्यक्ति दिएको अडियो रेकर्ड प्रस्तुत गर्दै गृहमन्त्री गौतमले संसदबाटै मधेसी नेताहरुलाई कारवाही गरिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो-‘संसदबाट कारवाही प्रक्रिया अगाडि बढाइयोस्, त्यसपछि छानविन गरी म कारवाही गरी गर्छु ।’

नेपाली कांग्रेसका सभासद् अमरेश कुमार सिंह, संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव र सद्भावना अध्यक्ष राजेन्द्र महतो कैलालीसहित देशका विभिन्न सभाहरुमा देश टुक्र्याउने, जातिय हिंसा फैलाउने खालका विखण्डनकारी अभिव्यक्ति दिएका थिए ।

गृहमन्त्री गौतमले जातीय हिंसा फैलाउने र राष्ट्रिय स्वतन्त्रतामा आँच आउने गरी अमरेश सिंह लगायतले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताउँदै यसबारेमा संसद्ले गम्भीर सोच्नुपर्ने पनि बताउनुभयो ।

उहाँले अमरेशलगायतका केही मधेस केन्द्रित नेताहरुले हतियार उठाउने अभिव्यक्ति  दिएका थिए ।
गृहमन्त्री गौतमले जातीय हिंसा फैलाउने र राष्ट्रिय स्वतन्त्रतामा आँच आउने गरी अमरेश सिंह लगायतले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताउँदै यसबारेमा संसद्ले गम्भीर सोच्नुपर्ने पनि बताउनुभयो ।
- See more at: http://dainiknepal.com/2015/83346.html#sthash.h2Ahfnxn.dpuf

0 comments:

Post a Comment