नुवाकोट, भदौ ४ । बिहीबार दिउँसो गएको भूकम्पले नुवाकोटको काहुले गाविसमा एक जनाको मृत्यु भएको छ । भुकम्पसँगै झरेको पहिरोले पुर्दा सदरमुकाम विदुरदेखि २६ किलोमिटर पश्चिममा रहेको काहुले गाविसा एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । परकम्पपछि खसेको पहिरोले पुरिएर साल्मे गाविस–९ का ८३ वर्षीय कुशव तामाङको मृत्यु भएको हो । काहुले गाविस–२ खुर्लुखोला नजिकै भूकम्पसँगै झरेको पहिरोले किचेर मृत्यु भएको प्रहरीले जनाएको अन्नपूर्ण पोष्टमा खबर छ ।
उनीसँगै नुवाकोटमा भूकम्पबाट मृत्यु हुनेको संख्या एकहजार एकसय चार पुगेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment