
काठमाडौ, श्रावण १८ - परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सदस्यहरू राहदानी विभाग पुगेर मेसिन रिडेबल पासपोर्ट (एमआरपी) उत्पादन र वितरण कार्यबारे जानकारी लिएका छन् । समितिका सभापति प्रभु साह र केही सभासदका साथमा मन्त्री पाण्डे विभाग पुगेका हुन् ।
सरकारले अन्तर्राष्ट्रिय टेन्डर नगरी पुन: ओवर्थर टेक्नोलोजीलाई नै थप २५ लाख राहदानी छपाइ र ८ नियोगमा ५० लाइभ इनरोलमेन्ट (प्रत्यक्षीकरण) राख्ने जिम्मा दिएको छ । अन्तर्राष्ट्रिय बिनाटेन्डर मन्त्रिपरिषद्मार्फत जिम्मा दिइएको भन्दै समितिले प्रक्रिया तत्काल रोक्न निर्देशन दिएको थियो । समितिले विभागमा हुने कार्य र अहिले भएको सम्झौताबारे जानकारी लिएको थियो ।
टोलीलाई विभागका महानिर्देशक लोकबहादुर थापा र अन्य अधिकारीले राहदानीका सबै
विषयबारे जानकारी गराउनुका साथै काउन्टर, प्रमाणीकरण र उत्पादन कक्षको अवलोकन गराएका थिए । परराष्ट्र कर्मचारीहरूको व्यवहार शिष्ट नभएको आरोपसमेत लगाएका सांसदहरूले उनीहरूको काम गर्ने शैली र अवस्था अध्ययन गरेको एक अधिकारीले जानकारी दिए ।
विभागमा अहिले दैनिक करिब ४ हजार राहदानी उत्पादन भइरहेको छ । दोब्बर राजस्व लिएर राहदानी बनाउनेको भीड अझै पनि कम हुन नसकेको विभागले जनाएको छ । महानिर्देशक थापाले चाप व्यवस्थापन गर्न भएका सुधारबारे जानकारी गराएका थिए । त्यसअवसरमा मन्त्री र सांसदहरूले सेवाग्राहीलाई सहज हुने ढंगले नै काम गर्न निर्देशन दिएका थिए ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment