Wednesday, August 26, 2015

टीकापुरको हिंसात्मक झडपमा घाइते भएका एक प्रहरीको निधन


धनगढी- टीकापुरको हिंसात्मक झडपमा परी घाइते भएका एक प्रहरी हवलदारको उपचारको क्रममा मृत्यु भएको छ। कञ्चपुर झलारी-७ निवासी जनक नेगीको काठमाडौंस्थित प्रहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईँले जानकारी दिए। उनका अनुसार नेगीको बुधबार राति मृत्यु भएको हो। उनीसँगै प्रहरी अस्पतालमा पाँच जना उपचाररत थिए। बाँकी चार जनाको उपचार प्रहरी अस्पतालमै भइरहेको छ। चापागाईँका अनुसार पक्राउ परेकाहरुके बयानका आधारमा टीकापुर घटनामा संल्गन रहेको एक जनालाई पक्राउ गरिएको छ। मनुवा-७ निवासी महाराजा रानालाई प्रहरीले घेरा हाली पक्राउ गरेको उनले बताए।

0 comments:

Post a Comment