भर्जिनिया, भदौ १० – एक पूर्व पत्रकारले कामबाट निकालिएको रिसमा आफ्ना दुई सहकर्मीको टेलिभिजनको प्रत्यक्ष प्रशारणका दौरान गोली हानी हत्या गरेका छन् । भेस्टर लि फ्लानागन नाम गरेका ती पूर्व पत्रकारले भर्जिनियाको डब्लुबीजे नामक टेलिभिजनका दुई पत्रकारहरुको हत्या गरेका हुन् । मारिनेमा २४ वर्षीय रिपोर्टर एलिसन पार्कर र २७ वर्षीय क्यामारामेन एडम वार्ड रहेका छन् । ४१ वर्षीय फ्लानागनलाई सोही टेलिभिजनले दुई वर्षअघि कामबाट निकालेको थियो । प्रहरीले पक्राउ गर्न खोजेपछि उनले पनि आत्महत्या गरेका थिए । एलिसन र वार्ड बुधबार बिहान मोनेटामा एक अन्तरवार्ता लिइरहेका थिए जब यो घटना हुन पुग्यो । प्रत्यक्ष प्रशारण हेरिरहेका डब्लुबीजेका दर्शक स्तब्ध बनेका थिए । दुवैको हत्यापछि फ्लानागनले उक्त भिडियो फेसबुक र ट्वीटरमा समेत अपलोड गरेका थिए । उक्त भिडियो भने अहिले हटाइएको छ । उनको २३ पेज लामो मेनिफेस्टो र सुसाइड नोट समेत मिडियाहरुमा फ्याक्स गरेका थिए । उनले आफूमाथि काला र समलिंगी भएकोमा उत्पीडित गरिएको आरोपसमेत लगाएका छन् । यस घटनाबारे प्रतिक्रिया दिँदै वाइट हाउसले हतियार नियन्त्रणसम्बन्धि कानुनको आवश्यकता देखिएको बताएको छ ।

यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment